Market Closed

सीइडीबी हाइड्रोपावरको आइपीओमा माग भन्दा ९.८२ गुणा बढी आवेदन, कतिले भरे ?

03 May,2021
  • ipo_9_24_2019_5_52_21_4_15_2021_2_48_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ ४ः४५ बजेसम्ममा १४ लाख ९४ हजार ७७० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले माग भन्दा ९.८२ गुणा बढी आवेदन दिइसकेका छन् ।
 
सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा मंगलबार (वैशाख २१ गते) सम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।
 
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यसको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ ।

Post Your Comment