Market Closed

सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायकको काम गर्न राष्ट्र बैंकले दियो अनुमति

14 Sep,2021
  • Central-finance-company-Ltd__8_6_2018_10_46_55_1_14_2021_10_06_59.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेडलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । अनुमतिपश्चात अब फाइनान्सले आफ्ना बचतकर्ता तथा ग्राहकहरुका लागि आफ्नै मोबाइल बैंकिङ एपमार्फत मोबाइल बैंकिङ सेवा सञ्चालन सुरु गरेको छ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ एप डाउनलोड गर्न सक्नेछन् । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, कनेक्ट आइपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरिरहेको छ । सेन्ट्रलले ललितपुरको कुपण्डोलमा आफ्नै कर्पोरेट भवनमा केन्द्रीय कार्यालयसहित विभिन्न जिल्लामा १५ वटा शाखाबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आइरहेको छ । झापाको बिर्तामोडमा पनि नयाँ शाखा थप गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
 

Post Your Comment