नागरिक लगानी कोषको नाफा ५६.०३% ले बढ्दा इपीएस कति ?

18 May,2021
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा

काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९ करोड २० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ५६.०३% धेरै हो । अघिल्लो वर्ष कोषले ३७ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा कोषको ब्याज आम्दानी, सेवा शुल्क,  कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो । 

एक वर्षको अवधिमा ब्याज आम्दानी १२ करोड ४३ लाख ६३ रुपैयाँ बढेर १८ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्ले वर्ष कोषले ५ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो । यता, गत वर्ष ६१ करोड ६२ लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । विधि आम्दानी १६ लाखबाट १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ । 

चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ९८ अर्ब १४ करोड ६१ लाख ७३ हजार रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड ७३ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ थियो । 
 

Post Your Comment