Market Closed

नागरिक लगानी कोषको ९% बोनस सेयर समायोजनपछिको भाउ कति ?

22 Jun,2021
  • CIT-img_new_2_14_2019_4_22_02_1_12_2021_9_35_34_2_1_2021_8_43_38_3_5_2021_9_25_24.jpg
नेपाली पैसा

काठमाडौं : नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३७ सय ४३ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।  

कोषले असार १८ गते बस्ने साधारण सभा प्रयोजनको लागि आज असार ८ गते बुक क्लोज गरेको छ । तसर्थ, सोमबार असार ७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कोषले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद गरी कुल १७.८९% लाभांश वितरण गर्दैछ ।  
 

Post Your Comment