Market Closed

नागरिक लगानी कोषद्धरा कोभिडबाट ज्यान गुमाउनेका आफन्तलाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी

25 Nov,2021
  • cit_check_hastantaran-2_11_25_2021_7_57_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका कोषका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । 
 
उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताए । 
 
 
 

Post Your Comment