Market Closed

सिभिल लघुवित्तको कात्तिक २८ मा एजीएम, यसरी हुनेछ बुक क्लोज

22 Oct,2021
  • civil_9_23_2019_11_10_00_2_16_2021_2_00_08_3_18_2021_10_23_32_10_22_2021_9_45_59.jpg
नेपाली पैसा

काठमाडौं  : सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यसआधारमा यसले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कम्पनीले करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
 
कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभा गर्न सिभिलले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांसको हकदार हुनेछन् ।
 

Post Your Comment