सिटिजन्समा सिर्जना फाइनान्स विलय : प्रस्ताव पारित गर्न दुवैको आज विशेष सभा

10 Jun,2021
  • acquire_5_11_2020_5_09_24_1_7_2021_9_15_28_(1)_5_26_2021_9_18_25_6_10_2021_9_41_28.jpg
नेपाली पैसा

काठमाडौं  : सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आज बिहीबार (जेठ २७ गते) सुरु भएको छ । जसमा सिटिजन्सको सभा बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ९ बजेबाट वेबिनार मार्फत सुरु भएको छ । यस्तै, सिर्जना फाइनान्सको सभा पनि आफ्नै प्रधान कार्यालय रहेको भवन बिराटनगरमा वेबिनार मार्फत बिहान ९ बजे नै सुरु भएको छ ।  
 
सिटिजन्सले सिर्जना फाइनान्सलाई एक्वायर गर्दैछ । दुवैले मुख्यरुपमा सोही प्रस्ताव सभामा पेश गर्दैछन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।
 
यसर्थ, सिर्जनाको १०० सय कित्ता सेयर हुनेले अब सिटिजन्सको नाममा ९५ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । एक्वायरपछि सिटिजन्स बैंकको नामबाट कारोबार हुनेछ । 
 
 

Post Your Comment