Market Closed

डिप्रोक्स लघुवित्तले सेयरधनीको खातामा नगद लाभांश पठाउन थाल्यो

07 Apr,2021
  • Deprosc-development-bank_12_12_21_2017_11_15_34_1_26_2020_9_50_58.jpg
नेपाली पैसा

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ५% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले मंगलबार (चैत २४ गते) बाट नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा हुनेछ । डिप्रोक्सले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई अद्यावधिक गर्न भनेको छ ।
 
यसले लाभांश प्रयोजनका लागि चैत १० गतदेखि बुक क्लोज गरेकाले चैत ९ गतेसम्म कायम लगानीकर्ताले यो लाभांश पाउनेछन् । कम्पनीले विगतका आर्थिक वर्षहरुको पनि लाभांश नलिएका लागानीकर्तालाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेर लाभांश लिन भनेको छ । यसका लागि सिद्धार्थ कम्यापिटल नक्सालमा सम्पर्क राख्नुपर्नेछ ।
 

Post Your Comment