Market Closed

दिव्यश्वरी हाइड्रोपावर अझै १ करोड ८० लाख रुपैयाँ नोक्सानमा

04 May,2021
  • report_8_6_2019_12_42_09_11_14_2019_4_20_30_5_4_2021_9_42_11.jpg
नेपाली पैसा

काठमाडौं  : दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी हाइड्रोपावर १ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ३ करोड १६ लाख रुपैयाँ नोक्सानमा थियो । यता, चैत मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.११% ले घटेर ५ करोड २८ लाख रुपैयाँमा झरेको छ । 
 
गतवर्ष यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ७५ लाख रुपैयाँ थियो । यसअवधिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । चैत मसान्त सम्ममा जगेडा कोष १९ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८५ पैसा नोक्सानीमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ८६ पैसा छ ।

Post Your Comment