Market Closed

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले पाउँछ किन्न ?

14 Jan,2022
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46_8_26_2021_12_13_49_9_27_2021_11_25_54_12_7_2021_10_55_51_1_14_2022_10_08_29.jpg
नेपाली पैसा

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकका ३ जना संस्थापक सेयरधनीले ८७ हजार १०० कित्ता सेयर बिक्री गर्ने भएका छन् । जसमा बैंकका संस्थापक सेयरधनी शेखर राज बस्ताकोटीले आफ्नो नाममा रहेको ७० हजार कित्ता, इन्दु तुलाधरले १० हजार कित्ता र दिपक कुमार सरावगीले ७ हजार १०० कित्ता संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । 
 
यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (पुस ३० गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

Post Your Comment