Market Closed

एक्सेलको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

17 Jan,2021
  • Auction_8_1_12_26_2019_12_18_34_1_3_2021_10_17_18_1_17_2021_10_45_06.jpg
नेपाली पैसा

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज आइतबार (माघ ४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले पुस १९ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । 
 
बैंकले आरएमडीसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता र युनाइटेड इन्सुरेन्सको ९६ हजार ६४९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ, ग्रामीणको २६९ रुपैयाँ र युनाइटेड इन्सुरेन्सको २४१ रुपैयाँ तोकिएको छ । प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभ्लपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ ।
 

Post Your Comment