Market Closed

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को बिक्री खुला

06 Jul,2022
  • mutul_foto_img_1_30_2018_6_06_06.jpg
नेपाली पैसा  
 
काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले आज असार २२ गते बुधबार कार्यालय समयबाट नयाँ म्युचुअल फन्ड बिक्री बिक्री खुला गर्दैछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला गरेको हो । यस फन्डले १२ करोड इकाई निष्कासन खुला छ । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब २० करोड रुपैयाँ बराबरको फन्ड जारी गरेको हो ।
 
कुल इकाईमध्ये १५% मध्ये १.५०% वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५०% अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
 
यसमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म खुला रहनेछ । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ ।
 

Post Your Comment