Market Closed

घोडीघोडा लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

06 Aug,2021
  • report_2_4_2020_2_35_01.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थि वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घोडीघोडा लघुवित्त नोक्सानमा रहेको छ । यसअवधिमा संस्था १८ लाख ४३ हजार रुपैयाँ नोक्सानमा रहेको छ । खुद ब्याज आम्दानी १३.७४% ले घटेर १ करोड २३ लाख १८ हजार रुपैयाँ सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा यसले ५० लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोर्न परेको छ ।

चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ । जगेडा कोष ५४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेर आम्दानी ६ रुपैयाँ ६७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ३० पैसा छ । खराब कर्जा ४.९३% छ । अघिल्लो वर्ष खराब कर्जा ३.२४% थियो । 

Post Your Comment