Market Closed

सेयर बजार बढ्दा म्युचुअल फन्डलाई गज्जबको लाभ, सबैले बढाए न्याभ

29 Jun,2021
  • mutual_funds_img_6_29_2021_9_08_08.jpg
नेपाली पैसा
 
काठमाडौं : पुँजी बजारमा सक्रिय २३ वटा म्युचुअल फन्डहरुले जेठ मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा सबै फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साथै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी पनि वृद्धि भएको छ । यद्दपि, फन्डहरुको बैंक मौज्दात भने घटेको छ । एनआइबीएल समृद्धि फन्ड २ ले भने अघिल्लो महिनामा मात्र इकाई जारी गरेको हो ।

पुँजी बजार माथिल्लो विन्दुमा पुगिरहेको फाइदा म्युचुअल फन्डहरुले पनि लिएका छन् । सेयर बजारमा गरिएको लगानीबाट फन्डहरुले रामै्र कमाएका छन् । जसको सकारात्मक प्रभाव न्याभमा पनि देखिएको हो । म्युचुअल फन्डहरुले ठूलो हिस्सा सेयर बजारमा लगानी गरेका हुन्छन् । सेयर बजार बुल रनमा हुँदा धेरै फन्डको न्याभ सकारात्मक देखिने गर्छ । अब हेरौं, कुन म्युचुअल फन्ड कस्तो छ ?  
 
सबै फन्डको न्याभ बढ्यो
 
वैशाख महिनाको तुलनामा जेठमा सबै फन्डको न्याभ बढेको छ । एनआइबीएल समृद्धि फन्ड २ ले भने अघिल्लो महिना इकाई जारी गरेकाले वित्तीय विवरणमा अघिल्लो महिनाको न्याभ समावेश छैन । यसअवधिमा सबैभन्दा धेरै न्याभ बढ्नेमा ग्लोबल आइएमई समुन्नत योजना रहेको छ । यसको न्याभ २ रुपैयाँ ६६ पैसाले बढेर २३ रुपैयाँ ७७ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै न्याभ भएको फन्ड हो । 


 
१९ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढ्यो
 
वैशाख महिनाको तुलनामा जेठमा १९ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै सेयरमा लगानी बढाउनेमा सन्राइज ब्लूचिप फन्ड रहेको छ । यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ७७.९२% ले बढेर २६ करोड ९५ लाख ४१ हजार ३७५ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै सूचीकृत सेयरमा लगानी गर्नेमा सिद्धार्थ इक्विटी फन्ड रहेको छ । यसले २ अर्ब १६ करोड २३ लाख ८ हजार ९१० रुपैयाँ लगानी गरेको छ । ३ फन्डको भने सूचीकृत कम्पनीको सेयरमा लगानी घटेको छ । 


 
११ फन्डको बैंक मौज्दात बढ्यो
 
१ महिनाको अवधिमा ११ फन्डको बैंक मौज्दात बढेको छ । यसअवधिमा सबैभन्दा धेरै बैंक मौज्दात बढ्नेमा नबिल ब्यालेन्स फन्ड २ रहेको छ । यसको बैंक मौज्दात १००.५६% ले बढेर १९ करोड ७० लाख ४८ हजार ७३८ रुपैयाँ पुगेको छ । ११ कम्पनीको बैंक मौज्दात भने घटेको छ । 


Post Your Comment