Market Closed

प्राइम, युनियन र गुराँस लाइफ इन्सुरेन्सले गरे मर्जरमा जाने सहमति

12 May,2022
  • Merger_12_3_2019_11_01_19.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्सुरेन्सले एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सहमति गरेका छन् । यी ३ कम्पनीहरुले बिहीबार मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ ।
 
हाल प्राइम लाइफको २ अर्ब ७७ करोड, गुराँसको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत साता निर्जीवन बिमा कम्पनीहरु हिमालयन जनरल इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्सले पनि मर्जरमा जाने सहमति गरेका थिए ।

Post Your Comment