Market Closed

गुराँस लाइफ इन्सुरेन्सको खुद नाफामा ४४.२७% ले बढोत्तरी

17 Aug,2022
  • gurans-life-insurance-company-ltd_5_9_2018_11_36_33_8_9_2021_10_58_32_8_16_2022_11_34_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १७ करोड ५१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ४४.२७% ले बढेको हो । यसको लगानी, कर्जा तथा अन्य शीर्षकबाट हुने आम्दानी वृद्धि भएको छ । व्यवस्थापन खर्च भने घटेको छ । जसले गर्दा यसको नाफा वृद्धिमा सहयोग पुगेको हो ।

कम्पनीले नोक्सानी व्यवस्थाका लागि ६७ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । असार मसान्तसम्म यस कम्पनीको जगेडा कोष ९.०९% ले बढेर ५८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जगेडामा ५३ करोड ८४ लाख रुपैयाँ रहेको थियो । जीवन बिमा कोषको आकार भने १७.५८% ले बढेर १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोष १० अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । 
 
खुद बिमा शुल्क आर्जन १६.१३% ले घटेर ३ अर्ब ५ करोड रुपैयाँ आएको छ । गुराँसको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा छ ।

 
 

Post Your Comment