नेपाली पैसा
काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बिहीबार (माघ १२ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष यसले १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गरेको थियो ।