नेपाली पैसा
काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकको शनिबार चैत २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ४% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । बैंकले गत वर्षको नाफाबाट ३.८०% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्न लागेको हो ।
सभा र लाभांश प्रयोजनका लागि बैंकले चैत १७ गते बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।