Market Closed

हिमालयन हाइड्रोपावरको चैत २४ गते हुने साधारण सभामा यस्ता छन् एजेन्डा

17 Mar,2023
  • AGM__3_16_2023_9_52_29_3_17_2023_1_00_21.jpg
नेपाली पैसा 

काठमाडौं : हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा वाटर फ्रन्ट रिसोर्ट, लेक साईट पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।  
 
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, चैत १३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 
 

Post Your Comment