एचआइडीसीएलको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

10 Jun,2021
  • jalabidhyut_12_26_2017_11_32_35_2_15_2021_9_20_19_5_10_2021_11_48_45.jpg
नेपाली पैसा  
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार (जेठ २७ गते) अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली शुक्रबार जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, उक्त हकप्रद सेयरमा आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । कम्पनीको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिइ सकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
 

Post Your Comment