Market Closed

फाइनान्स कम्पनीहरुको अब ब्याजदर कति ?

15 Sep,2021
  • interest_ate_9_15_2021_7_32_20.jpg
नेपाली पैसा
 
काठमाडौं : फाइनान्स कम्पनीहरुले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै फाइनान्सले आधार दर (बेस रेट) घटाएका छन् । आधार दरकै अनुसार फाइनान्स कम्पनीहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै कम्पनीको कर्जाको ब्याजदर घटेको देखिन्छ । सार्वजनिक ब्याजदरलाई हेर्दा केही कम्पनीहरुले मासिक रुपमा आधार दर सार्वजनिक गरेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् भने केहीले त्रैमासिक रुपमा आधार दर निर्धारण गरेको पाइएको छ । 
 
त्रैमासिक रुपमा आधार दर निर्धारण गर्ने फाइनान्स कम्पनीहरुले असार मसान्तको बेस रेटलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् । केही फाइनान्स कम्पनीहरुले साउनको आधार दर सार्वजनिक गरेर असोजको ब्याजदर निर्धारण गरिएको सूचना सार्वजनिक गरेका छन् । हालसम्म असोज १ गतेदेखि लागू हुने गरेर ८ फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

(नोट : सम्बन्धित कम्पनीले सार्वजनिक गरेको सूचना तथा विज्ञापनमा आधारित ।)
 
जसमध्ये सबैभन्दा थोरै आधारदर आइसीएफसी फाइनान्सको रहेको छ । साउन मसान्तसम्म आइपुग्दा यसको आधार दर ८.७१% रहेको छ । यसमा कर्जाको प्रकृति हेरेर आधार दरमा ७% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने कम्पनीले जनाएको छ । सबैभन्दा धेरै आधार दर बेष्ट फाइनान्सको १०.४६% रहेको छ ।

तथापि, यसमा ४% सम्म मात्रै प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यता, केही फाइनान्स कम्पनीले बचतमा अधिकतम ६.५% ब्याजदर दिने जनाएका छन् । भने केही फाइनान्स कम्पनीले मुद्दति निक्षेपमा अधिकतम ९% ब्याज दिने जनाएका छन् । अब हेरौं, कुन फाइनान्स कम्पनीले कर्जा र निक्षेपमा कति प्रतिशत दिन्छन् ब्याज ?
 
 
 
 

Post Your Comment