नेपाली पैसा
काठमाडौं : आइसीएफसी फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २०.२१% ले घटेर २० करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा भने २५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ४९.१४% ले बढेको छ । यद्दपि, अन्य सञ्चालन आम्दानीमा ८९.२५% गिरावट आएपछि सञ्चालन नाफा २०.३९% ले घटेको छ । जसका कारण खुद नाफा पनि प्रभावित भएको देखिन्छ ।
आइसीएफसीको निक्षेप संकलन र कर्जा लगानीमा विस्तार भएको छ । असार मसान्तसम्ममा रिजर्भ कोषमा ४९ करोड ७४ लाख रुपैयाँ जम्मा भएको छ । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७५ पैसाले घटेर १७ रुपैयाँ ८० पैसामा सीमित भएको छ । आइसीएफसीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा छ ।
