Market Closed

आइपीओ ल्याउने तयारीमा रहेको आइएमई लाइफले यस्तो निकाल्यो वित्तीय विवरण

03 May,2021
  • Make-Profit_2_10_2020_10_11_38_2_3_2021_8_21_38_5_3_2021_4_16_16.png
नेपाली पैसा

काठमाडौं  : आइएमई लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.०३% धेरै हो । गत वर्ष कम्पनीले ९ करोड ८१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद बिमा शुल्क भने ११३.१३% ले बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसले ८६ करोड ८५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
यसले जीवन बिमा कोषको आकार पनि १ अर्ब १८ करोड रुपैयाँबाट बढाएर २ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले महाविपत्ति कोषको लागि भने ५ करोड रुपैयाँ छुट्याएको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४५ करोड रुपैयाँ छ । आइएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । चैत मसान्तसम्ममा यसले ४९ करोड ३४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम भने रहेको छैन । प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ५४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा छ । 
 

Post Your Comment