Market Closed

ज्योति विकास बैंकको नाफामा ३८.१८% बढोत्तरी

22 Apr,2021
  • Jyoti-bikas-bank-L_1__3_12_2018_1_03_17_12_31_2019_10_08_01_4_22_2021_8_36_49.jpg
नेपाली पैसा

काठमाडौं : ज्योति विकास बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफामा सुधार गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.१८% ले धेरै हो । गत वर्ष बैंकले ४३ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ । 
 
यता, बैंकको खुद ब्याज आम्दानी भने ६.३२% ले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकले सञ्चालन नाफा भने ३८.२४% ले बढाएर ८६ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ६२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
 
चैत मसान्तसम्म ज्योतिले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ६९ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७६% बाट घटेर ०.५८% मा झरेको छ । यसको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

Post Your Comment