Market Closed

ज्योति विकास बैंकको आधारभूत र प्राविधिक अवस्था कस्तो छ ?

11 Sep,2021
  • Jyoti-bikas-bank-L_1__3_12_2018_1_03_17_12_31_2019_10_08_01_4_22_2021_8_36_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ७४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४८ करोड ८४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । सो अवधिसम्ममा वैधानिक तथा नियामक रिजर्भमा समेत गरी वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैंकले वैधानिक रिजर्भ अन्तर्गत जनरल रिजर्भमा १४ करोड ८३ लाख रुपैयाँ, सामाजिक उत्तरदायित्व कोषमा १ करोड ११ लाख तथा अन्यमा २६ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ । ज्योति विकास बैंकले खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस बैंकको ब्याज आम्दानी १ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, फि तथा कमिसन आम्दानी ७.७१ प्रतिशतले वृद्धि गरी १ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, नेट ट्रेडिङ आम्दानी ७२.३२ प्रतिशतले घटेर ६२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । बैंकले जोखिम व्यवस्थापन कोष अन्तर्गत ३२ करोड ४२ लाख २३  हजार रुपैयाँ इम्पेरिमेन्ट चार्जकारुपमा राखेको छ । अन्य सञ्चालन खर्च ५.१३ प्रतिशतले बढेर ९२ करोड ७२ लाख तथा पर्सोनल खर्च १०.५४ प्रतिशतले बढेर ५३ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

यस बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा करिव १.५३ प्रतिशतले घटेर ३१ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ८७ करोड ६० लाख रुपैयाँ अनि रिटर्न अर्निङमा ६० करोड ५६ लाख रुपैयाँ सञ्चिति रहेको छ । त्यस्तै, बैंकले यसअवधिमा ४९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
बैंकको निक्षेप ३६.४७ प्रतिशत र कर्जा ४४.९८ प्रतिशत बढेको छ । गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २९ पैसा पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १३ रुपैयाँ ९७ पैसामात्र थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा, मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ । यसैगरी, प्रतिसेयर कुल सम्पति मूल्य १५५९ रुपैंयाँ, तरलता अनुपात २०.७२ प्रतिशत तथा पुंजी कोष अनुपात १२.८३ प्रतिशत रहेको छ ।






फ्लोरसिट

 
ज्योति विकास बैंकको गत हप्ताको फ्लोरसिटबाट हेर्दा ५८, ४९ तथा ४५ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै खरिद भएको छ भने तथा ४८, ३४ तथा ४९ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै बिक्री भएको देखिन्छ । ब्रोकर नम्बर ५८ ले करिव ७७ हजार २९१ सय कित्ता सेयर खरिद गरेको देखिन्छ । उक्त ब्रोकरबाट ४१ हजार ५० कित्ता सेयर बिक्री पनि भएको छ ।

सरसर्ती हेर्दा ५८ तथा ४५ नम्बरवाट कारोवार भएका धेरै सेयर होल्डिङ रहेको पाइन्छ । मूल्यको हिसावमा हेर्दा ५४५ देखि ५६० रुपैयाँ आसपासमा २ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ब्रोकर कमिसनसँग समायोजन गर्दा ५६५ देखि ५७५ रुपैयाँसम्म लागत पर्छ ।
 
प्राविधिक विश्लेषण 

 
मैनबत्ति आकृति विश्लेषण 
 
ज्योति विकास बैंकको भाउ यस साता कारोवार बन्द हुँदा माथिल्लो भागमा लामो स्याडोलाइन सहितको डोजी बनेको छ । यसले लगानीकर्ता अन्योलमा रहेको देखाउँछ । मैनबत्ति आकृतिले लगानीकर्ताको मनोविज्ञान दर्साउने गर्छ । 
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४९.५१ को स्केलमा आएको छ । गत हप्ता आरएसआई ५६ स्केलबाट बढेको थियो । यसले पनि अन्योलताको अवस्था जनाउँछ । आरएसआई ३० भन्दा मुनि ओभर शोल्ड तथा ७० स्केल भन्दामाथि ओभरबटमा विभाजन गरी बजारमा रणनीति बनाउन उपयोगी औजार हो । 
 
मुभिङ एभरेज कन्भरजेन्स–डाइभरजेन्स
 
विगतमा एमएसीडी लाइन तथा सिग्लन रेखाले वियारिस क्रस गरेको थियो र हाल सम्म पनि यसैले निरन्तता पाएको छ । त्यस्तै, हिस्टोग्राम पनि सेन्ट्रल लाइन भन्दा मुनि रहेकाले ट्रेन्डको स्ट्रेन्थ घटेको पाइन्छ ।
 
कमोडिटी च्यानल इन्डेक्स
 
कमोडिटी च्यानल इन्डेक्सले १०० बिन्दुबाट ७३ को बिन्दुमा आएको छ ।
 
बोलिन्जर ब्याण्ड 
 
बजारको उतारचढाव मापन गर्ने बोलिन्जर ब्याण्डको मूल्य मध्य ब्याण्ड भन्दा तल आएको छ । सम्भवतः ५१० को बिन्दुमा तल्लो ब्याण्डले अल्पकालका लागि टेवा लिन सक्छ ।  
 
निष्कर्ष  
 
ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५१.८४ प्रतिशतले नाफा वृद्धि गरी ७४ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसको खुद ब्याज आम्दानी तथा फि कमिसन आम्दानी सामान्य वृद्धि भए पनि अन्य सञ्चालन आम्दानी करिव ८०० प्रतिशतले वृद्धि भएकाले समग्र खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।

बैंकको अन्य सञ्चालन आम्दानी ५ करोड ७५ लाख रुपैंयाबाट बढेर ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको प्रतिसेयर आम्दानी ३८.०९ प्रतिशतले बढ्दै १३ रुपैयाँ ९७ पैसाबाट १९ रुपैयाँ २९ पैसा पुगेको छ । हाल यस बैंकले १०५ शाखा कार्यालयहरु रहेका छन् । यस्तै, १ एक्सटेन्सन काउटर तथा ६२ एटिएमहरुबाट ग्राहकमुखी वैकिङ सेवा प्रदान गरिरहेको छ ।   
 
प्राविधिक आधारमा यस बैंकको समग्र ट्रेन्ड हेर्दा ‘पर्ख र हेर’ को अवस्था रहेको छ । दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४९। ५१ को स्केल तथा कमोडिटी च्यानल इन्डेक्स ७३ को बिन्दुमा हुनाले पनि यही संकेत गर्दछ । त्यस्तै, २० दिने मुभिङ एभरेज भन्दा बजार मूल्य तल रहेको र एमएसीडी लाइन तथा सिग्लन रेखाले वियारिस क्रस गरेकाले ट्रेन्डको स्ट्रेन्थ कमजोर रहेको जनाउँछ ।
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन लगानीकर्ताहरुमा अनुरोध गरिन्छ । 

Post Your Comment