Market Closed

ज्योति लाइफको सेयर कारोबार कति रुपैयाँमा खुल्यो ?

07 Apr,2021
  • listing_11_3_2020_2_57_54_1_1_2021_1_09_02.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार बुधबारबाट सुरु भएको छ । ज्योतिको पहिलो कारोबार ३६० रुपैयाँमा भएको छ । कम्पनीले मंगलबार चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । नेप्सेले ज्योतिको पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको थियो । बुधबार ज्योति लाइफको सेयर कारोबार सोही सीमाको उच्चतम विन्दुबाट सुरु भएको हो । ‘जेएलआई’ संकेतमा ज्योतिको दोस्रो बजारमा कारोबार खुला भएको छ । 

Post Your Comment