Market Closed

कुमारी बैंकले लुम्बिनी जनरल इन्सुरेन्सको १ लाख २२ हजार कित्ता सेयर लिलामीमा बेच्दै

20 May,2022
  • Auction_8_1_3_15_2020_12_24_08_4_25_2021_8_58_37_5_6_2021_10_54_56_5_13_2021_11_01_22_5_30_2021_9_21_38_6_14_2021_9_29_06_6_20_2021_10_13_38_1_12_2022_9_42_57_3_7_2022_11_07_14_5_20_2022_10_48_05.jpg
नेपाली पैसा

काठमाडौं : कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले जेठ १३ गतेदेखि १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गर्न लागेको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment