Market Closed

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

25 Jan,2023
  • SHARE_8_23_2017_1_17_30_9_10_2021_11_55_01_9_21_2021_1_12_12_9_27_2021_1_10_10_3_16_2022_10_40_49_11_8_2022_10_10_30_12_13_2022_10_57_55_12_14_2022_9_55_10_1_13_2023_10_40_32.jpeg
नेपाली पैसा
 
काठमाडौं : कुमारी बैंकले मनिला कुमारी अग्रवालकको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बुधबार (माघ ११ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 
 
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Post Your Comment