Market Closed

कालिका लघुवित्तको अधिकांश सूचकमा आकर्षक प्रगति

19 Apr,2021
  • proit_8_11_2020_8_32_17.jpg
नेपाली पैसा
 
काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ । कालिकाले खुद नाफामा आकर्षक सुधार गरी ६ करोड ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा भने खुद नाफा ४१ लाख ५ हजार रुपैयाँ मात्र थियो । कालिको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ८९.१९% ले वृद्धि गरी २० करोड ९१ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ११ करोड ५ लाख ४९ हजार रुपैयाँ मात्र थियो ।

सञ्चालन नाफा ७२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कालिका ६३ लाख ५८ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । यता, खुद नाफा वृद्धि गर्न राइट ब्याकले ठूलो भूमिका खेलेको देखिन्छ । चैत मसान्तसम्म यस लघुवित्तले ८ करोड ८१ लाख ९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । कालिकाको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ ।

निक्षेप १ अर्ब ५ करोड रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी २ अर्ब ४२ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको छ । खराब बर्जा ३.०६% बाट बढेर ४.७४% पुगेको छ । हाल यसको चुक्त पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ छ । रिजर्भ कोषमा १७ करोड ७७ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा छ । 

कालिकाको तेस्रो त्रैमासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment