Market Closed

कामना सेवाले १ अर्बको ऋणपत्र ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

21 Jul,2021
  • debenture_11_4_2020_11_01_25_7_21_2021_3_20_08.jpg
नेपाली पैसा 

काठमाडौं :  कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ९.% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको कामना सेवा विकास बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
 

Post Your Comment