Market Closed

सर्वसाधारणले समेत खरिद गर्न मिल्ने कामना सेवा बैंकको संस्थापक सेयर बिक्रीमा

24 Nov,2022
  • kamana_sewa_7_16_8_2_2018_1_49_38_11_3_2021_3_33_01_12_6_2021_12_59_25_1_12_2022_10_44_17_9_2_2022_12_34_11_11_24_2022_12_53_36.jpg
नेपाली पैसा 

काठमाडौं : कामना सेवा विकास बैंकले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  
 
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको ज्ञानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
 

Post Your Comment