Market Closed

लुम्बिनी जनरल इन्सुरेन्सको नगद लाभांश सेयरधनीको खातामा जम्मा

22 Jun,2021
  • lumbini-general_5_13_2018_1_00_29_2_26_2020_10_04_39_5_17_2021_12_04_05_6_11_2021_9_39_10_6_22_2021_12_33_05.jpg
नेपाली पैसा

काठमाडौं : लुम्बिनी जनरल इन्सुरेन्सले ५% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले जेठ १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यस्तै, हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । 
 
लुम्बिनी जनरलको जेठ २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसमध्ये नगद लाभांश खातामा पठाउनेक्रम सुरु भएको हो । सेयरधनीले बोनस डिम्याट खातामा पाउन भने अझै केही समय कुर्नुपर्नेछ ।
 

Post Your Comment