Market Closed

लक्ष्मी उन्नति कोषको २५% नगद लाभांश सुरक्षित गर्ने अन्तिम समय कहिलेसम्म ?

21 Jul,2021
  • book_close_8_6_2019_11_45_07_7_21_2021_9_37_00.jpg
नेपाली पैसा 

काठमाडौं  : लक्ष्मी उन्नति कोषले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । फन्डले २५% नगद लाभांश वितरण गर्न साउन १३ गते बुक क्लोज गर्नेछ । यसर्थ, साउन १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७७–७८ को नाफाबाट वितरण गर्न लागेको हो ।
 
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको गत मंगलबार (साउन १५) बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित २५% नगद दिने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ । 
 

Post Your Comment