नेपाली पैसा
काठमाडौं : तीन हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री अनुमति माग्न नेपनल धितोपत्र बोर्डमा आवेदन् दिएका छन् । जसमा सबैभन्दा धेरै
माया खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
यता,
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।