Market Closed

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

23 Jun,2022
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23_8_15_2021_9_31_20_11_7_2021_10_08_59_3_15_2022_10_33_12_6_23_2022_12_00_43.jpg
नेपाली पैसा

काठमाडौं : माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक भरत कुमार नेपालले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

Post Your Comment