Market Closed

खप्तड लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

23 Jun,2022
  • Khaptad_Lagubitta_Bitiya_Sanstha_Agreement_6_23_2022_12_37_06.jpg
नेपाली पैसा
 
काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्थाले मेगा क्यापिटल मार्केट्सलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । यी दुई संस्थाबीच बुधबार सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र मेगा क्यपिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
 
खप्तडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । सम्झौता अनुसार अब उक्त आइपीओ बाँडफाँटपछि खप्तड लघुवित्तको सेयरधनीहरुको अभिलेख राख्न, सेयरको धितोबन्धक÷रोक्का राख्न, बोनस सेयर तथा नगद लाभांशको भुक्तानी व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिष्ट्रारको सेवा मेगा क्यापिटलले प्रदान गर्नेछ ।

Post Your Comment