Market Closed

२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

25 Nov,2021
  • Price_adjustment_1_27_2020_10_55_11_11_25_2021_9_22_44.jpg
नेपाली पैसा

काठमाडौं  : मेरो माइक्रोफाइनान्सको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ । मंसिर २४ गते हुने सभा प्रयोजनका लागि कम्पनीले आज बिहीबार (मंसिर ९ गते) बुक क्लोज गरेको छ । यसर्थ, बुधबार (मंसिर ८ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट यसले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्दैछ । 
 
यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । मंसिर २९ गते हुने सभा प्रयोजनका लागि कम्पनीले आज बिहीबार (मंसिर ९ गते) बुक क्लोज गरेको छ । यसर्थ, बुधबार (मंसिर ८ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट यसले ८% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश वितरण गर्दैछ । 
 
 

Post Your Comment