नेपाली पैसा
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । संस्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ ६ गतेदेखि १०% नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । यता, लघुवित्तले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता र प्यान नंम्बर अद्यावधिक गर्न भनेको छ । त्यसपछि यसले वितरण गरेको लाभांश पाइनेछ । यस संस्थाको माघ ६ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर र १०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।