Market Closed

मिथिला लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

25 Jan,2023
  • Mithila-laghubitta-bikas-ban_2_7_2018_1_19_42.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तको खुद नाफा ३७.२५% ले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी १२.२५% ले घटेर ५ करोड ७२ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ३८.७३% ले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक २५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा छ । 

Post Your Comment