Market Closed

महालक्ष्मी विकास बैंकले मार्यो छलाङ

21 Jul,2021
  • Mahalaxmi-bikas-bank-Ltd_7_26_2018_11_37_44_10_10_2019_5_41_15_2_3_2021_10_40_48.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ७१.०१% ले बढेर ७३ करोड २९ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । १ वर्षको अवधिमा वितरणयोग्य नाफामा पनि आकर्षक वृद्धि भएको छ । 

असार मसान्तसम्ममा वितरणयोग्य नाफा १७७.४४% ले बढेर ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ६७.७९% र खुद ब्याज आम्दानी १.४९% ले बढेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा छ । 

 

Post Your Comment