Market Closed

आइपीओ ल्याउने तयारीमा रहेको महालक्ष्मी लाइफको माघ २७ मा एजीएम, यस्ता छन् एजेन्डा

14 Jan,2022
  • AGM_6_19__2_28_2020_11_27_08_1_15_2021_9_47_23_1_24_2021_12_41_18_1_14_2022_9_36_52.jpg
नेपाली पैसा

काठमाडौं : महालक्ष्मी लाइफ इन्सुरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । 
 
जिवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो रहेको महालक्ष्मीले सभामा आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment