Market Closed

राष्ट्रिय स्तरका विकास बैंकहरुले कस्तो गरे प्रगति, नाफा कसको कति ?

30 Apr,2021
  • profit_growth_3s_4_30_2021_8_45_53.png
इशारा कोइराला
 
काठमाडौं : सूचीकृत ८ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण अनुसार ८ मध्ये ७ वटा बैंकको खुद नाफा वृद्धि भएको छ । बैंकको कोर बिजनेस मानिने खुद ब्याज आम्दानी भने ४ वटा विकास बैंकको मात्र वृद्धि भएको छ । बाँकी ४ वटाले खुद ब्याज आम्दानी बढाउन सकेका छैनन् । रिभर्ज तथा प्रतिसेयर आम्दानी लगायतका सूचकहरुमा पनि केहीको सुधार भएको छ भने कतिपयको घटेको छ ।

यसआधारमा समग्रमा भन्नुपर्दा विकास बैंकहरुले प्रमुख सूचकहरुमा मध्यमस्तरको प्रगति गरेका छन् । चुक्ता पुँजी, खुद ब्याज आम्दानी र खुद नाफामा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि आएको छ । प्रतिसेयर आम्दानीमा भने कामना सेवा विकास बैंक अघि छ । कोरोना त्रास जारी रहेकै अवस्थामा विकास बैंकहरुले गरेको यो प्रगतिलाई समग्रमा राम्रो मान्नुपर्छ । प्रगति निरन्तर अघि बढिरहेको छ ।

प्रमुख सूचकहरुमा विस्तारै सुधार हुँदै गएको छ भन्न सकिन्छ । चुक्ता पुँजी वृद्धि भएसँगै फराकिलो नाफा र प्रतिसेयर आम्दानी हासिल गर्न व्यवसाय विस्तार गर्नुपर्ने हुन्छ । त्यसका लागि केही समय लाग्ने स्वयं बैंकरहरुले बताउँदै आएका छन् । बैंकहरुको नाफा, रिजर्भ, ब्याज आम्दानी लगायत अन्य महत्वपूर्ण सूचकहरुको तुलना गर्दा चुक्ता पुँजीलाई पनि सँगै राखेर अध्ययन गर्न भने बिर्सिनु हुँदैन ।

जस्तो, कुनै बैंकको सबैभन्दा बढी नाफा वा ब्याज आम्दानी हुन सक्छ, सोही आधारमा उसको पुँजी पनि सबैभन्दा धेरै छ कि ? त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ । साथमा, प्रतिसेयर आम्दानी, नेटवर्थ, वितरणयोग्य नाफा पनि निकै महत्वपूर्ण पक्ष हुन सक्छन् । अब हेरौं, कुन बैंकको वित्तीय अवस्था कस्तो ?
 
चुक्ता पुँजी मुक्तिनाथको धेरै
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको रहेको छ । यसको चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । मुक्तिनाथ विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर वितरण गरे पनि वित्तीय विवरणमा यसलाई पुँजीकृत नगरेकाले चुक्ता पुँजी गत वर्षकै यथावत देखाइएको छ । क वर्षको अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वृद्धि भएको छ । 

 
जगेडा कोषमा महालक्ष्मी विकास बैंक अघि
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष महालक्ष्मी विकास बैंकको रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ५७ करोड ३३ लाख ८४ हजार रुपैयाँ सञ्चिति रहेको छ । यसअवधिमा ३ बैंकको जगेडा कोष बढेको छ भने ५ बैंकको जगेडा कोषको आकार घटेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा ज्योति विकास बैंक रहेको छ । यसको जगेडा कोष १७.७७% ले बढेर ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 

 
खुद ब्याज आम्दानीमा मुक्तिनाथ विकास बैंक अगाडि
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी मुक्तिनाथ विकास बैंकले कमाएको छ । यसअवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब ८९ करोड ४७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । एक वर्षको अवधिमा ४ बैंकको खुद ब्याज आम्दानी बढेको छ भने ४ बैंकको खुद ब्याज आम्दानी घटेको छ । 


 
खुद नाफामा मुक्तिनाथ विकास बैंक अघि
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक परेको छ । यसको नाफा ४८.७५% ले बढेर १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा भने कामना सेवा विकास बैंक रहेको छ । कामना सेवाको खुद नाफा १७२.०१% ले बढेर ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ पुगेको छ । ७ बैंकको खुद नाफा बढेको छ भने लुम्बिनी विकास बैंकको खुद नाफा घटेको छ । 

 
प्रतिसेयर आम्दानी कामना सेवा विकास बैंकको धेरै
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कामना सेवा विकास बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १६ पैसाले बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्ने बैंक हो । एक वर्षको अवधिमा ३ बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । 


Post Your Comment