Market Closed

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला

22 Jul,2021
  • Muktinath-bikas-bank-ltd_7_19_2018_12_12_34_8_29_2019_10_12_30.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको आज बिहीबार साउन ७ गतेबाट ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । यसले १ हजार रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गरेको छ।
 
यस ऋणपत्रमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २१ गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
 
बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कियर एनपी बीबीबी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

Post Your Comment