Market Closed

वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका बेला विकास बैंक र फाइनान्सको भने मुद्दतिमा सामान्य वृद्धि

14 Jan,2022
  • interest_news_12_15_2021_7_18_10.jpg
नेपाली पैसा

काठमाडौं : विकास बैंक र फाइनान्स कम्पनीको माघ महिनामा मुद्दति निक्षेपको ब्याजदर थोरै बढेको छ । पुस महिनामा सहमति गरेर मंसिर महिनाकै ब्याजदरलाई स्थिर राखेका विकास बैंक र फाइनान्स कम्पनीले माघ महिनाका लागि भने थोरै ब्याजदर बढाएका हुन् । अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर ०.१०% बढेको छ भने फाइनान्स कम्पनीको मुद्दतिको ब्याजदर ०.३०% बढेको छ । आधार दर बढेकाले विकास बैंक र फाइनान्स कम्पनीहरुले मुद्दति निक्षेपको ब्याजदरमा सामान्य मात्र वृद्धि गरेका हुन् । 

जसअनुसार पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.२५% ब्याजदर दिएका अधिकांश विकास बैंकले माघ महिनाको लागि १०.३५% ब्याजदर निर्धारण गरेका छन् । यता, धेरै फाइनान्स कम्पनीहरूले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५% ब्याजदर दिएकोमा माघ महिनाको लागि १०.६५% ब्याजदर निर्धारण गरेका छन् । 
 

Post Your Comment