Market Closed

मानुषी लघुवित्तले १ अर्ब ७२ करोड रुपैयाँ राइट ब्याक गर्दा १२६.६३% ले बढायो नाफा

04 May,2021
  • profit_nes_8_31_2020_9_05_07_5_4_2021_11_20_36.jpeg
नेपाली पैसा

काठमाडौं  : मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ करोड १९  लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२६.६३% ले धेरै हो । गत वर्ष यसले ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि २१.८१% ले बढेको छ । गत वर्ष ४ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले अहिले बढाएर ६ करोड ८ लाख पुर्याएको छ ।

यता, चैत मसान्तसम्म आइपुग्दा मानुषी १ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । कम्पनीले यो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ संभावित जोखिमको लागि छुट्याएको छ भने १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ राइट ब्याक गरेको छ । हाल यसको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ छ । यसको खराब कर्जा ३.१४% बाट बढेर ६.०५% पुगेको छ । 
 
 
 

Post Your Comment