नेपाली पैसा
काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको १००% हकप्रद सेयर गत शुक्रबार (फागुन १४ गते) बाँडफाँट भएको छ । यस बैंकले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८३२ जना सेयरधनीबाट ६ लाख ३२ हजार ४३० कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा २३ हजार ७३९ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर बैंकले अब लिलामीमा ल्याउनेछ ।
बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।