Market Closed

नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

21 Apr,2021
  • share_listing_2_2_2020_5_22_35_2_25_2021_4_38_31_4_18_2021_3_53_31_4_20_2021_4_27_16_4_21_2021_4_25_17.jpg
नेपाली पैसा

काठमाडौं  : नेप्सेमा दुई कम्पनीको ७ लाख ९७ हजार ९१९ कित्ता सेयर सेयर सूचीकृत भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर रहेको छ । बैंकले गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयर सूचीकृत भएको हो ।
 
यस्तै, छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । 
 
 

Post Your Comment