Market Closed

नबिलले एक्वायर गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोकियो

14 Jan,2022
  • Nepal-Bangladesh-bank-Ltd_5_24_2017_10_39_39_8_15_2018_2_49_50_11_28_2021_11_28_29_1_14_2022_2_12_26.jpg
नेपाली पैसा 

काठमाडौं : नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार आज (पुस ३० गतेबाट ) रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा बिहीबार (पुस २९ गते)  मात्र हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका हुन् ।

प्रारम्भिक सहमति अनुसार एनबि बैंकको १०० कित्ता सेयर बराबरको अब नबिलको ४३ कित्ता हुने गरी प्राप्ति प्रक्रिया अघि बढेको हो । डीडीए रिपोर्ट अनुसार यस सामान्य तलमाथि हुन सक्नेछ । सम्झौतामा नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र एनबिका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
 

Post Your Comment