Market Closed

नबिल बैंकको खुद नाफा ९.८३% ले बढ्दा वितरणयोग्य मुनाफा ९ अर्ब बढी

05 Aug,2022
  • Nabil-bank-Ltd_7_17_2018_1_02_17_6_9_2021_1_04_49_6_16_2021_4_33_53_8_8_2021_3_43_52_8_5_2022_8_23_16.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३% ले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९% र सञ्चालन नाफा १३.९८% बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६% ले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  
 
यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता पुँजी झन धेरै बढेपछि प्रतिसेयर आम्दानी घटेको देखिन्छ । हालै मात्र नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि गत वर्षको तुलनामा चुक्ता पुँजी ६४.९२% ले बढेको छ । जसका कारण प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ । नबिलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । रिजर्भ कोष ६८.११% ले बढेर २६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी भएको छ ।

Post Your Comment