Market Closed

डिप्रोक्समा विलय हुन लागेको नाडेप लघुवित्तले गर्यो यस्तो चमत्कार

06 Aug,2021
  • nsdep_11_26_2018_11_20_37_8_6_2021_7_48_43.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाडेप लघुवित्तले १५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ८३६९.११% ले धेरै हो ।  अघिल्लो वर्ष कम्पनीले १८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी ८७.५७% र सञ्चालन नाफा २०७६.०५% ले बढेपछि नाफा ह्वात्तै बढेको हो । 

कस्ट अफ फन्ड ह्रवात्तै घटाएको छ । जसका कारण सञ्चालन नाफामा भारी वृद्धि भएको छ । यी कारणहरुले बैंकले समग्र नाफा आकर्षक हिसाबले वृद्धि गर्न सकेको हो । असारसम्म १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको नाडेपले ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३६ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसाले बढाएर ३८ रुपैयाँ ७५ पैसा पुर्याएको छ । 

नाडेप डिप्रोक्स लघुवित्तमा विलय हुँदैछ । दुवै कम्पनीबिच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । एक्विजिसन प्रक्रियामा रहेकाले गत पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार बन्द छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 

 

Post Your Comment